
फागुजन २० नेकपा एमाले गण्डकी अाचल सम्पर्क कमिटीले एक दिने गोष्ठी संचालन गर् यो । उक्त कार्यक्रमको उद्घाटन अर्थ मन्त्री सुरेन्द्र पाण्डेले गर्नु भएको थियो । उद्घाटन भाषणमा बोल्दै मन्त्रि पाण्डेले भन्नु भयो सबै मिलेर एक एक पैसा लागानी गर्न सकियो भने यहि रोजगारको अवसर दिन सकिने र हाम्रा हजारौ युवाहरु विदेशमा भौतारिनु नपर्ने भन्नु भयो । समग्र गण्डकी अाचलको विकास सम्भावाना चुनौती र संकल्प भन्ने विषयमा अाचल भरीका अगुवा कार्यकर्ताको अन्र्तकृया भएको थियो । उक्त कार्यक्रममा गण्डकी अाचलको विकास कसरी गर्न सकीन्छ भन्ने विषयमा कार्य पत्र डा। गणेशमान गुरुङले प्रस्तुत गर्नु भएको थियो भने अवका चुनौती र सम्भावाना भन्ने विषयमा राष्ट्रिय योजना आयोगका सदस्य डा। दिनेश देवकोटाले प्रस्तुत गर्नु भएको थियो । गण्डकी अाचललाई कसरी विकास गर्न सकिन्छ र आफ्ना जिल्लालाई पनि कसरी अगाडी लान सकिन्छ भन्ने विषयमा अाचल भरिका सबै जिल्लाका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पनि विकासका योजना र सम्भावा अगाडी सार्नु भएको थियो । उक्त कार्यक्रममा सांसदहरु गण्डकी भरीका एमालेका केन्द्रीय सदस्यहरु पोलिटव्यूरो सदस्यहरु र विज्ञहरुको पनि उपस्थिति थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्