Monday, March 15, 2010

अब सुराकीले पुरस्कार पाउने

चैत ३ , विराटनगर , बढ्दो आपराधिक कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले नागरिकहरुको सहयोगमा छुट्टै सुराकी परिचालन कोष खडा गर्ने भएको छ । क्षेत्रीय प्रहरी कार्यालयले अपराध नियन्त्रण र चोरी तस्करी न्युनिकरणका लागि सही सुराक दिने नागरिकलाई प्रोत्साहित गर्न सुराकी कोष खडा गर्न लागेको हो ।
सुराकी कोष स्थापनाका लागि मोरङ र झापा उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाले १० लाख रुपैयाँ भन्दाबढी रकम सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन् । कोषमा न्युनतम ५० लाख रुपैयाँ जम्मा गर्ने र सही सूचना दिने सुराकीलाई कोषमार्फत् पुरस्कृत गरिने पूर्व क्षेत्र प्रहरी कार्यालयका प्रमुख भीष्म प्रसाईले जानकारी दिनुभयो ।
पूर्वी क्षेत्रमा हाल अपराधका घटनाको अनुसन्धानमा अपेक्षित सफलता पाएपनि घटना हुन नदिन र समाजमा बढ्दो अपराधको घटना नियन्त्रण गर्न प्रहरी असफल हुँदै आएको जनगुनासो छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्