वैदेशीक रोजगारीका लागि साउदी अरब पुगेका चार महिला कामदार शुक्रबार त्रिभुवन बिमानस्थलमा उत्रिए । उनीहरूमध्ये एक महिला आठ महिने गर्भ लिएर फिरेकी छिन् । एक जना बलात्कृत र मानसिक बिक्षिप्त अवस्थामा घर आइपुगेकी छन् । उनीहरू इलाम, मोरङ, सिन्धुली र पाल्पाका हुन् । साउदीको रियादस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी पठाएको हो । पीडितहरूलाई पौरखी नेपालले आश्रय दिएको छ । उनीहरू घरेलु काममा भारतीय बाटो हँुदै साउदी पुगेका थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्