Thursday, March 11, 2010

बेसहारा महिला गाउ निकाला

सप्तरी २८ फागुन, परपुरुष सग यौन सम्वन्ध राखेको भन्दै गाउ भरिका अगुवा मिलेर सप्तरीकी विवाहित महिलालाई निर्घात कुटपिट गरी गाउनिकाला गरेका छन् । देउराली ८ की ३० वर्षिया लालितादेवी मण्डललाई स्थानीय यूवक संग यौन सम्वन्ध राखेको आरोपमा पूर्व गाविस अध्यक्ष समेतको समुहले लाठीले कुट्दै कपाल काटेर गाउँवाट निकाला गरेको हो । राति शौचालय जान बाहिर निस्केका बेला घरमा आएर जबर्जस्ती ताला लगाएर घरबाट निकाला गरे लालिता देवीले भनिन गलत आरोप लगाउदै निर्घात कुटपिट गर्दै निकाले । कुटपिटवाट ललिताको पिठ्यूँमा नीलडाम छन् । गाँउनिकाला भएपछि लालितादेवीले दोशीमाथि कारवार्हीको माघ गर्दै इलाका प्रहरी कार्यालय बोदेबसा्रइन पुगेकी थिइन् । तर मंगलवार प्रहरीले मेरो कुरा सुन्न मानेन पछि आउनु भन्यो उनले भनिन । लालिता देविले आफुलाई न्याय दिलाई लिन र पीडकहरुमाथि कारबाहीको पहल गरिदिन एकल महिला समूह राजविराजमा निवेदन दिएकी छन् । ललिताका श्रीमान् बिनोद मण्डल रोजगारीका सिलसिलामा नौ महिना देखि मलेसियामा छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्