लोकतान्त्रिक आन्दोलनका महानायक एवं स्वर्गिय काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको आज १३ औं दिनको पुण्यतिथि देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै छ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनको नेत्रित्वकर्ता एवं शान्तिप्रर्कियाका अभिभावक कोइरालाको सम्झनामा आज राजधानी लगायत देशका ७५ वटै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । पशुपतिको वनकाली क्षेत्रको हंसमण्डपमा १३ औं पुण्यतिथिको कार्यक्रम आयोजना गरिएको छ । पुण्यतिथिको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्रि माधवकुमार नेपाल, एकिक्रित नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल लगायत सबै राजनीतिक दलका प्रमुख नेताहरु सहभागि हुने जनाइएको छ । यस्तै पुण्यतिथिमा सहभागि जनाउन आजै भुटानी प्रधानमन्त्रि जिग्मे वाङ्चुक थिन्ले तथा विहारका मुख्यमन्त्रि नितेशकुमार पनि नेपाल आउदै हुनुहुन्छ । पुण्यतिथिमा स्वर्गिय कोइरालाप्रति श्रद्धा-सुमन प्रकट गर्नुहुन सम्पुर्ण राजनीतिक दल, भात्रि संगठन, कार्यकर्ता लगायत सबै पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधि, निजामति कर्मचारी, प्रहरी तथा जङ्गि तर्फका अधिकारी, जवान, संचारकर्मि, उद्योगपति, विभिन्न पेशागत संगसंगठनका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
प्रसादग्रहण गर्न आउने महानुभावका लागि आवश्यक व्यवस्था मिलाइएको छ । विदेशी कुटनितीक नियोगका प्रतिनिधिका लागि भने २ बजेपछि व्यवस्था गरिएको बताइएको छ । विहान ११ बजेदेखि सुरु हुने प्रसाद ग्रहणको कार्यक्रम दिउसो ४ बजेसम्म चल्ने पुत्रि सुजता कोइरालाले जानकारी दिनुभयो । काठमाडौं उपत्यका बाहेक ७२ जिल्लामा पनि नेपाली काङ्ग्रेसले आ-आफ्नै तरिकाले पुण्यतिथिको कार्यक्रम आयोजना गरेको छ । यसक्रममा कोइरालाको भस्म संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङस्थित तिलिचो तालमा सेलाउने कार्यक्रम पनि तय गरिएको छ ।
काङ्ग्रेस सभापति कोइरालाको ८७ बर्षको उमेरमा चैत सात गते मध्यान्ह १२ बजेर १० मिनेटमा छोरी सुजाताको निबासमा निधन भएको थियो । काङ्ग्रेसले शनिबार काठमाडौंमा संयुक्त श्रद्धाञ्जली सभा गर्ने पनि जनाएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्