२७ फागुन, गुल्मी । लामो समयसम्म विदेशमा रहेका श्रीमान् घर फर्किएपछि सबैका श्रीमती खुसी हुन्छन् । श्रीमान् कमाएर ल्याएको सम्पत्तिबाट सुखी जीवनको कल्पना गर्छन् । तर गुल्मीको धुर्कोटमा त्यसविपरीत एक महिलाले श्रीमान् विदेशबाट आएकै दिन आत्महत्या गरेकी छिन् ।धुर्कोटबस्तु गाविस ५ का तीलबहादुर कुँवरकी श्रीमतीले श्रीमान् विदेशबाट आएकै दिन झुण्डिएर बुधबार आत्महत्या गरिन् । लामो समयदेखि माइतीमा बस्दै आएकी २२ वर्षीया श्रीमती कुँवरले घर पछाडीको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
आत्महत्याको कारण भने खुलाइएको छैन ।
आत्महत्याको कारण भने खुलाइएको छैन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्