हिजो सिराहमा भएको आगलागिमा परी घाइते भएकी बालिकाको उपचारका क्रममा आज मृत्यु भएको छ । सिराहको औरहि वडा नम्बर ५ की उषाकुमारी यादवको आज विहान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय वासिन्दा राजु यादवको घरबाट सल्किएको आगोले ६० वटा घर समेत जलेर नष्ट भएको थियो । यस्तै नवलपरासिको धुर्कोट गाविसमा रहेको ऋतुगण सामुदायीक वन र राष्ट्रिय वनमा शनिबार रातिदेखि लागेको डढेलो आज विहान नियन्त्रणमा आएको छ । धुर्कोट ७ आमबासका स्थानीय वासिन्दाको लामो प्रयास पछि आज विहान डढेलो नियन्त्रणमा आएको हो । स्थानीय ऋतुगण सामुदायीक वन र राष्ट्रिय वन गरी ३ सय ५० हेक्टर क्षेत्रफलमा लागेको डढेलोबाट वनभित्र रहेका लाखौ मुल्य बराबरको वन पैदावार जलेर नष्ट भएको जनाईएको छ । वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रमम वन उपभोक्ता समितिका कोषाध्यक्ष सहित ५ जना घाइते भएको का छन् ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्