कञ्चनपुरको भिमदत्त नगरपालीका बस्ने १४ वर्षकी किशोरीलाई भारतको उत्तर प्रदेशको नोयडाबाट माइति नेपालले उद्धार गरेको छ । भारतिय प्रहरीको सहयोगमा किशोरीलाई माइति नेपालले महेन्द्रनगर फिर्ता पठाएको छ । किशोरीलाई भारत पुर्याएर अलपत्र पार्ने विरुद्ध माइति नेपालले अदालतमा मानव बेचबिखन सम्बन्धी मुद्धा दर्ता गर्ने जनाएको छ । नयाँ दिल्ली र नैनीताल घुमाउने भन्दै लक्ष्मी बोहोराले ति किशोरीलाई नोयडामा पुर्याएको बताइएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्