चैत्र २६, चितवनको दारेचोकमा आज विहान भएको ट्रक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । काठमाण्डौंबाट पश्चिम जादै गरेको लु १ ख ५०५८ नम्बरको ट्रक चितवनको दारेचोक गाविस वडा नम्बर २ तुम्लिङटारबाट त्रिशुलीमा खसेको हो ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमा नै र १ जनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । कपिलवस्तुका अन्दाजी ३५ वर्षिया कैलाश पत्थरकोटिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकका चालक, सह-चालक तथा अरु २ जनाको घटनास्थलमै मृत्यु भएको हो । उनिहरुको सनाखत हुन सकेको छैन् । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकले नियन्त्रण गुमाउदा त्रिशुलीमा खसेको हो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्