भारतीय चलचित्रमा नारी पात्रको अवस् था कस्तो छ ? चैतको अन्तिम दिनदेखि सुरु भएर पाँच दिनसम्म चलेको वलिउड चलचित्र महोत्सवले यही प्रश्नको जवाफ दियो । महोत्सवमा झन्डै एक दर्जन चलचित्र प्रदर्शन भए । भारतीय सांस्कृतिक केन्द्रको आयोजनामा भएको यस महोत्सवमा भारतीय चलचित्रको ५० वर्ष समेटिएको छ । 'र ोल अफ द इन्डियन फिल्म हिरोइन, द चेन्जिङ् इकोज' नाम दिइएको महोत्सवमा साहिव बीबी, चारुलता, अंकुर, अमराओजान, माया मेम साहेवदेखि पछिल्लो चलचित्र ब्ल्याकसम्म प्रदर्शन गरिए । यी चलचित्रमार्फत भारतीय चलचित्रमा नारी पात्रको भूमिका हिजो कस्तो थियो र आज कस्तो छ भन्ने देखाइयो ? एकताका देवीको अवतारसम्म मानिएका नायिकाहरू पछिल्लो समयमा वारगर्ल भएर पनि देखापरे । यसले नारी पात्रमा आएको परिवर्तनलाई स्पष्ट झल्काउँथ्यो । महोत्सवमा विचार गोष्ठीसमेत आयोजना गरएिको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्