Monday, April 19, 2010

सहमति लिनको लागी छलफ़लको सुरुवात

देश अनिर्छित बन्दै गएको अहिलेको अबस्थामा सबै राजनितिक दलमाँ सहमति निर्माण गर्न उदेस्यले छंफल सुरु भएको छन । छ्लफ़लको नेतृत्वा सभामुख सुबाश नेम्वांगले गर्नु भएको छं । गर्नराष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख तीन राजनीतिक दलका नेताहरुसँग सोमबार छलफल गरेका छन् । छलफलमा दलहरुबीचको आपसी मतभेद अन्त्य गर्ने बिषयमा छलफल भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । सिंहदरवारमा भएको छलफल संविधान निर्माण र शान्ति प्रक्रियामा केन्द्रीत रहेको बताइएको छ । छलफलमा सभामुख नेम्वाङले दलहरुलाई मतभेद अन्त्य गरी संविधान निर्माण प्रक्रिया अघि बढाउने आग्रह गरे ।
बैठकमा एकीकृत नेकपा माओवादीका शीर्ष नेताका साथै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्