Sunday, May 2, 2010

हड्तालको पहिलो दिन मुलुकका बिभिन्न शहरमा बम फेला

एकीकृत नेकपा माओवादीको अनिश्चितकालिन आम हड्ताल सुरु हुँदा हिंसाका संकेतहरु पनि देखिएका छन्। आम हड्तालको पहिलो दिन आज मुलुकका बिभिन्न शहरमा बम फेला परेका छन्। बीरगन्जको घण्टाघरमा प्रेसर कुकर बम फेला परेको छ।
अत्याधिक शक्तिशाली बम फेला परेको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीले फेला परेको बम निष्कृय पार्ने तयारी सुरु गरेको छ। त्यस्तै, चितवनको भण्डारामा पनि ग्रिनेड बम फेला परेको छ। चितवन प्रहरीले सो बमलाई निष्कृय पारेको छ।प्रहरीले माओवादीले नै उक्त बम राखेको हुन सक्ने आशंका व्यक्त गरेको छ।
यता, कपिलवस्तुको पिपसमा रामवचन लोधको घरमा बम विस्फोट भएको छ। विस्फोटका कारण घर पूर्ण रुपमा ध्वस्त भएको छ। माओवादीद्वन्दका समयमा प्रतिकार समितिका सदस्य रहेका लोधको घरमा राखिएको बम विस्फोट भएको प्रहरीले अनुमान गरेको छ। द्वन्द्वकालमा लोधका छोराको माओवादीबाट हत्या भएको थियो।।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्