काठमाडौँ, २० बैसाख , नेकपा एमाले निकट युवासङ्घ आन्तरिक छलफलमा व्यस्त रहेको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई कारवाही गर्नुपर्ने माग गर्दै सङ्घले अहिले छलफल गरिरहेको छ ।
छलफलका निष्कर्षसहित सङ्घले गौतमलाई कारवाहीको माग गर्दै पार्टीलाई सोमबार नै ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने माग गर्दै गौतमले केन्द्रीय नेता तथा सभासद्सहित ६० जनाको नामसहित आइतबार ज्ञापनपत्र र्सार्वजनिक गरेका थिए ।
यसपछि सोमबार बिहान मात्रै उनले युथफोर्सका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएको बताएका थिए । उनले नाम सार्वजनिक गरेका अधिकांश व्यक्तिहरुले पनि जानकारी विना नै ज्ञापनपत्रमा नाम राखिएको भन्दै गौतमलाई कारवाही गर्नुपर्ने बताउँदै आएका छन् ।
यसैबीच एमालेको अनुशासन समितिको बैठक पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा जारी बैठकमा गौतमलाई कारवाही प्रक्रिया कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्