यसपालाको आन्दोल साच्चै निर्णायक होला त यो प्रश्नको उत्तर सबैको मनमा खेलेको छ । किन की काठमाडौंको सडकमा वा चोक चोकमा माओवादी कार्यकर्ताहरु नारा लगाएर नाच्दै बसेका छन् । उनिहरुलाई लाग्न सक्छ यसरी नाच्दैमा हामिले माधब नेपाललाई घोडा टेकाउन सक्छौं । सवाल माधव नेपालको मात्र होइन सवाल सम्पुर्ण नेपाली जनताको हो । मेची देखि महाकाली सम्मका सबै आफ्ना कार्यकर्तालाई काठमाडौंमा उतारेर माओवादीले सत्ता कव्जा गर्न खोजेको भनेर अन्य सबै दलहरुले माधब नेपाल लाई राजिनामा नदिन दवाव दिएका छन् । तर माठमाडौं को सडमा उत्रिएका जनता घर फर्किदा के सन्देश लिएर जान्छन त यो प्रश्न सबैमा उठेको छ । आज म बाटोमा आउदै गर्दा देखेको छु सडकमा आएका मध्ये पनि सबैमा एकै खालको व्यवहार छैन । जब कि एउटै उदेश्यका लागि आए पछि व्यवहार पनि एकै प्रकारकारको हुनु पर्छ । म आउदै गर्दा राजदरवार अगाडी सबै लाइनमा बसेर चिउरा र तरकारी उनिहरुले विहानको खानाको रुपमा खादै थिए । त्यस भन्दा अलि तल रत्नपार्कमा चिउरा नै खानाको लागि लाइन बास्दै थिए । त्यस भन्दा अलि तल हेर्दै आए । एकहुल मान्छे राष्ट्रिय सभागृहवाट वाहिरिदै थिए । त्याहाँ पनि एकछिन वसेर हेरे । त्यहाँ मेसको व्यवस्था रहेछ । त्यहाँ हुने सबै कार्यकर्ता मज्जाले दाल भात खादै थिए । त्यस पछि मेरो मनमा एउटा प्रश्न उठ्यो समान व्यवहारको माग गर्दै सडकमा उत्रिएका जनतामै समान व्यवहार छैन । अब भन्नुस समान व्यवहार सत्ता हातमा लिनेहरुले गर्लान । यो उत्तर सोचनिय छ । किन की समान व्यवहार आन्दोलनमा जानेलाई त छैन जनतार्ला कसरी होला । माओवादीले आफ्ना कार्यकर्तालाई उदेश्य पुरा गरेर घर फर्काउला कि ्रित्तै फर्काउला यो सबैमा उठेको प्रश्न हो । किनकी जनता हादैनन् भनिएको छ । हो जनता हार्दैन्न तर जनता नर्हानलाई त सबै सडकमा आउनु पर्यो कि परेन । अहिलेको आन्दोलनमा प्रार्य काठमार्डौ वाहिरका जनता सडकमा देखिएका छन् । कति दिन देखि आएका उनिहरु कसैको खुट्टामा चप्पल छैन । गाउँवाट वोकेर आएको झोला विसाउने ठाँउ पाएका छैन्न । आन्दोनलको अघिल्लो मार्चामा गाउँका केही थाहा नभएका जनतालाई राखेर नेताहरु भ्ााषर्ण दिइ रहेका छन् । बस्ने ठाँउको अव्यवस्था र खानेपानीको असुविधा सरसफाईको कमिको कारण धेरै जनता झाडापखालाको पर्कोपमा हस्पिटल माभर्ना भएका छन् । यस्तो अव्यवस्था र खानाको असुविधाको कारण माओवादीको आन्दोलन कति दिन टिक्ला हेर्न वाकी नै छ । तर जे जसरी जति गरे पनि वार्ता नगरी सम्भब छैन । किन की राष्ट्रिय सरकारको आवश्यकता सबैले महसुस गरेकै छन् । तर यसो भन्दैमा देहलाई अस्त व्यस्त छोड्न पनि हुदैन । जनतालाई जो प्रर्धान मन्त्रि होस सायद मतलब हुदैन होला । किन की यति वेलाको आवश्यकता भनेको शान्ति र संविधान हो । शान्ति हुनलाई माओवादी सेनाको टुङ्गो लगाउनु र संविधान जारी गर्नु हो । यसको लागि पनि सबै राजनितिक दल एक ठाँउमा आउन जरुरी छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्