Thursday, May 13, 2010

कबिता

निम्न बर्ग परिवारमा जिन्मिनाले दु:ख पाए।
स्कुल जानेबेलामा म घाश् दाउरा, जङल धाए।
दुनियाँको नजरमा अनपढ म मुर्ख भए।
गरिबिकै कारणले धन कमाउन बिदेश आए।
सोचेकोथे बिदेशमात रुखमै पैसा फल्छहोला।
साहुकोमन पग्लिदैन फलाम बरु गल्छहोला।
ठेगाना छैन ततोघाममा शरीर कहिले ढल्छहोला।
बिनाआगो येहीघामले मेरो शरीर बल्छहोल।
बा-आमलाई दुईछाक खुवाउन आएपर्देश धोकोबोकी।
घरमा पर्खि बासेकाछन आउछ धनको पोकोबोकी।
रिनै तिर्न गाह्रो भयो फर्किदैछु खाली हातबोकी।
आफ्नै देशमा केहीगरेर रिन तिर्ने आशबोकी।
आफ्नै देशमा केहीगरेर रिन तिर्ने आशबोकी।
युबराज थापा
हाल :इराक

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्