Saturday, May 22, 2010

दलहरु बिचको बैठक बिनानिश्कर्स टुन्गियो

जेठ ९ काठमाडौं , जनताले के हुंछ सोचिराहेको बेला संविधानसभाको म्याद थप्ने कि नथप्ने भन्नेबारे अन्यौल प्रमुख दलबीचको छलफल आज पनि विना निश्कर्ष टुङ्गिएपछि संविधानसभा अनिश्चित बनेको छ । यहि अवस्थामा संविधानसभाको म्याद थपेर नया शिराबाट छलफल गर्नुपर्ने सत्तापक्षको अडान र सरकारको राजीनामा नआएसम्म म्याद थप्न नदिने माओबादीको अडानकाबीच आज एकीकृत नेकपा माओबादीले बर्तमान सरकार विघटन नभएसम्म संविधानसभाको म्याद थप्न सहमती नजनाउने स्पष्ट पारेको छ । संविधानसभाको म्याद थप्नको लागि माओबादी नेतृत्वलाई मनाउन नया बजार पुगेको सत्तारुढ नेकपा एमालेका शिर्ष नेताहरुलाई माओबादीले यस्तो जवाफ दिएर पठाएको हो ।
जेठ १४ पछि देशमा उत्पन्न हुनसक्ने संवैधानिक र राजनीतिक संकट निवारणका लागि भएको दुई पक्षीय छलफलपछि संचारकर्मीसंग कुराकानी गर्दै एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको म्याद थप राष्ट्रिय सहमतीको सरकारको गठन लगाएतका विषयमा छलफल भएपनि कुनै निश्कर्षमा नपुगिएको जानकारी दिनुभयो । यस्तै संचारकर्मीसंगको कुराकानीमा एमाले नेता भरतमोहन अधिकारीले संविधानसभाको म्याद थप्न आफ्नो पार्टीले गरेको आग्रहलाई माओबादीले अस्वीकार गरेको जानकारी दिनुभयो । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नयाँबजारमा भएको दुई पक्षीय बैठकमा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल महासचिव ईश्वर पोख्रेल नेता भरतमोहन अधिकारी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । माओबादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । नेकपा एमालेले भने संविधानसभाको म्याद बढाउने सन्दर्भ र सरकारको विषय फरक फरक प्रसंग भएकाले तिनलाई फरक फरक ढंगले सम्बोधन गर्नुपर्ने अडान राखेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्