Monday, May 17, 2010

माओबाधिको संबिधान घोसना सताको लागी बर्गेनिग

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादी आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनका लागि बार्गेनिङ गरिरहेको बताएका छन् । जेठ १५ गतेे जनताका माझ संविधान जारी गर्ने माओवादी निर्णय हास्यास्पद भएको टिप्पणी गर्दै उनले माओवादीको यस्तो निर्णय चरम बार्गेनिङको नमुना भएको बताए । उनले माओवादीले जनताका माझमा संविधान जारी गछौँ भन्नु दवावको रणनीति मात्रै भएको टिप्पणी पनि गरे ।१७ औँ मदनआश्रति स्मृति दिवसका अवसरमा नेकपा एमाले कास्कीले सोमबार पोखरामा आयोजना गर्ने बिचार गोष्ठीमा सहभागी हुन आएका नेता ज्ञवालीले पोखरा विमानस्थलमा सन्चारकर्मीहरूसँग कुराकानी गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । कुनै पार्टी विशेषले जारी गर्न संविधान मुलुक र जनताको हुन सक्दैन नेता ज्ञवालीले भने- "विगतमा जसरी माओवादीले गरेको गणराज्य र जनसरकारले मान्यता पाएनन्, त्यसरी नै जेठ १५ गते संविधान जारी गरेपनि त्यसले कुनै मान्यता रहँदैन ।"

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्