Tuesday, June 29, 2010

माओबाधिले घर कब्जा गरेपछि प्रहरीले घर भात्काउदै

काठमाडौ, अषाढ १६ - बैंकले लिलामी गरेको घरलाई माओवादीले कब्जा गरेपछि प्रहरीले मंगलबार बल प्रयोग गरी भत्काएको छ । वाणिज्य बैंकबाट लिलामी भएको १२ वर्ष बित्दा पनि घरधनीले खाली गर्नुको साटो माओवादी भ्रातृ संगठन वाईसीएलको कार्यालय खोलेका थिए । महानगर-१२ टेकुका प्रेमबहादुर श्रेष्ठले जबर्जस्ती प्रयोग गर्दै आएको घर प्रहरीले डोजर प्रयोग गरेर भत्काएको हो ।
२०५४ मा राष्ट्रिय वाणिज्य बैंकले लिलाम गरेको चार तले घर माओवादीको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ नेवा मुक्ति मोर्चाका कार्यकर्ताले कब्जा गरेर बसेका थिए । माओवादी कार्यकर्ताले घर ओगट्दै आएका थिए । घरको चौथो तलामा श्रेष्ठ परिवार बसेको थियो भने तलका तीन तलामा माओवादी भ्रातृसंगठन वाईसीएलको नेवा राज्य समिति काठमाडौं जिल्ला संगठन समितिका कार्यकर्ता बसेका थिए । घर भत्काउन गएका अदालतको डोर, लिलाम भएको घर खरिद गर्ने शोभाकर न्यौपाने र भत्काउन गएका कामदारलाई वाईसीएलले अवरोध पुर्‍याएपछि कालीमाटी वृत्तको प्रहरी टोली सहयोगका लागि पुगेको थियो । बिहान ९ बजे घर भत्काउन लाग्दा प्रहरी र वाईसीएल कार्यकर्ताबीच झडपको स्थिति उत्पन्न भएको थियो । माओवादी कार्यकर्ताले घर भत्काउन नदिन कालीमाटी- त्रिपुरेश्वरको सडकमा टायर बालेर सडक अवरुद्ध पारेका थिए । माओवादी अवरोधका कारण कार्यालय समयमा सडक प्रयोगकर्ताहरू लामो जाममा परेका थिए । भित्री गल्लीमा समेत गाडीको जाम परेको थियो । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी भोला रावलले घर लिलामपछि खरिद गर्ने व्यक्ति अदालतको डोरसहित सहयोग माग्न आएपछि प्रहरीले मद्दत गरेको बताए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्