एक बर्ष देखि माधब नेपालको राजीनामा माग्दै आएको मओबधिले अब राष्ट्रपति सग बिन्ती पत्र पेश गरेको छ रे . अब कस्कस्लाई बिन्ती पत्र दिन जान्छ सुद्को माँ पनी मान्छे पठाएको छ . माओवादीले ठूलो दलको हैसियतले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै त्यसलाई सहयोग पुग्ने गरी आह्वान गर्न राष्ट्रपतिसँग अनुरोध गर्ने भएको छ । बिहीबार बसेको माओवादी स्थायी समितिको बैठकले माधव नेपाल नेतृत्वको गठबन्धन सरकार असफल भएकाले राष्ट्रपतिले ठूलो दलको हैसियतले माओवादीलाई आह्वान गर्नुपर्ने सुझाव दिने निर्णय गरेको हो । ठूलो पार्टीको हैसियतले हाम्रो पार्टीलाई सरकार बनाउन आह्वान गर्नुहोस भन्ने राष्ट्रपतिलाई अनुरोध गर्छौ', बैठकपछि माओवादी सचिव सीपी गजुरेलले भने, 'यो गठबन्धन असफल भएकाले हाम्रो पार्टीलाई सरकार बनाउन आह्वान गर्नु उचित हुन्छ भन्ने राष्ट्रपतिलाई सुझाव दिन्छौ ।' उनले माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दावी गर्दै त्यसको लागि 'सकृयतापूर्वक पहल सुरु गर्न' तीन सदस्यीय वार्ता टोली गठन गरेको समेत जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्य र डा.वावुराम भट्टराई रहेको तीन सदस्यीय टोली माओवादीले गठन गरेको हो । 'संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले र संविधानसभा पछिल्लो चरणमा हाम्रै पार्टीको एजेण्डा भएकाले यो सरकारको नेतृत्व पनि हामीले नै गर्नुपर्छ', उनले भने, 'त्यसको निम्ति सकृयतापूर्वर्क अव हामी ठोस पहल गर्छौ ।'
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्