अषाढ १८ - माधब नेपाल सरकारले राजिनामा दिए पछि सरकारले कामचलाऊ बजेड लेउने ३ दल बिचमा सहमिति भएको छं । आगमी आर्थिक वर्षको बजेट बारे अन्यौलता भइरहेको बेला प्रमुख तीन दल पेश्की बजेट ल्याउने विषयमा सहमत भएका छन् । चालु आर्थिक वर्षको अन्त्य सम्म नयाँ सरकार गठनको सम्भावना कम भएपछि पेश्की बजेट ल्याउने तयारी गरिएको छ । सभामुखको अग्रसरतमा शुक्रबार बिहान भएको प्रमुख तीन दलका शीर्ष नेतहरुको बैठकले कुल बजेटको एक तृतीय अंशमा नबढ्ने गरी बजेट ल्याउन सहमत भएका हुन् । पेश्की बजेट आएपछि खर्च र राजश्व संकलनका लागि बाटो खुल्नेछ । अन्तरिम संविधानको धारा ९६ अनुसार आर्थिक वर्षको व्यय अनुमानको तृतीयांश बजेट कामचलाउ सरकारले ल्याउने छ । असार २१ गतेदेखि व्यवस्थापिका संसदको अधिवेशन आव्हान गरिएको छ ।
त्यस्तै, आइतबार बिहान पुनः बस्ने बैठकले राज्य पुनःसंरचना आयोग गठनको निर्णय लिने नेताहरुले सहमति गरेका छन् ।
त्यस्तै, आइतबार बिहान पुनः बस्ने बैठकले राज्य पुनःसंरचना आयोग गठनको निर्णय लिने नेताहरुले सहमति गरेका छन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्