मान्छेलाई माया गर्न कसैले रोक्न सक्दैन मान्छेको मन हावा सरी उडेरा कहा समुन्र्दा पारी पानी मायाको अंकुर फुल्ना सुक्छ . यस्तै उदहारण यहाँ दिएको छ मायालाई न भाषाले छेक्छ, न जातले छेक्छ, न समुन्द्रले न, देशले माया भन्ने कुरानै यस्तै रहेछ जहा पनि फुलन र फल्ना सकने . एकले अर्काको भाषा बुझ्दैनन् स-साना कुरा बुझाउन पनि इसारा गर्नुपर्छ । तर मायाको आफ्नै भाषा हुन्छ, सायद । इसाराकै भरमा चिनियाँ प्राविधिक र नेपाली युवतीबीच प्रेम विवाह भएको छ ।
चमेलिया जलविद्युत् आयोजनाका चिनियाँ प्राविधिक थाङसेन सानलाई आफ्नो माया बुझाउन कम्ती हम्मे परेन । काम सकेपछि उनी एक घन्टा पैदल बगडी गाउँ उक्लन्थे, जहाँ गौरा बोहराको घर छ । 'पुसको जाडोमा रातको १२ बजेसम्म आँगन वरपर हुन्थे,' गौराले भनिन्, 'सुरुमा के भन्न खोजेको बुझिनँ । विस्तारै माया बस्यो ।'
आयोजनास्थलमा दिनहँुजसो चिनियाँ र नेपाली मजदुरबीच कुटाकुट हँुदा सान र गौराको माया बढ्दै गयो । उनीहरूको प्रेममा भाषा तगारो बनेन । तर प्रस्ताव कुन इसाराबाट गर्ने अप्ठ्यारोमा परेका थिए । एक दिन दोभाषे अर्जुन तामाङमार्फत सानले भनिदिए, 'आई लभ यु ।' त्यसपछि गौरा पग्लिइहालिन् । अनि त सान रातबेरात गौराको ढोकामा जाँदै चिनियाँ लबज 'आई लभ यु' भन्न थाले । 'चाइनिज मान्छे, भाषा पनि नबुझिने । सुरुमा मैले भाउ दिइनँ,' ३५ वषर्ीया गौराले हाँस्दै भनिन्, 'ढोका कुर्दै रुन थालेपछि मन पग्लियो ।'
गौरा अनमी हुन् । आयोजनामा कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्य परीक्षण गर्ने क्रममा सानले पहिलोपल्ट गौरालाई देखेका थिए । पहिलो नजरमै गौरी असाध्यै राम्रो र मायालु लागेकाले आफू पछि लागेको उनले बताए । अपि हिमालको फेद हँुदै बग्ने चमेलियाको बगरमा उनीहरूको माया अंकुरायो । दुई वर्षअघि उनीहरू वैवाहिक बन्धनमा बाँधिएका हुन् । यो अन्तरदेशीय जोडीले छोरी जन्माएर एक-अर्काले बुझ्ने भाषा सिक्न थालेको छ । छोरीलाई चिनियाँ र नेपाली दुवै भाषा सिकाउने उनीहरूको सोच छ । सानले छोरीको नाम
चिनियाँ भाषामा जुराएका छन्, 'पिङस्युटेन ।' चिनियाँ भाषामा पिङस्युटेनको अर्थ राम्रो फल हुन्छ । 'यो हाम्रो प्रेमको राम्रो फल हो,' सानले मुस्कुराउँदै भने । दोभाषेले गौरालाई पनि अथ्र्याए ।
चीनको राजधानी बेइजिङबाट १२ हजार किलोमिटर टाढा खुबइका सहरमा छ सानको घर ।
चिनियाँ कम्पनी सीजीजीसीमा आबद्ध उनी निर्माणाधीन चमेलिया जलविद्युत्को चट्टान डि्रलिङको काम गर्छन् । दुई वर्षमा उनीहरूबीच कहिल्यै ठ्याक्क ठुक्कसम्म परेको छैन । एकले अर्काको इसारा नबुझ्दा दोभाषे बोलाएर कुरा बुझ्छन् । 'माया ठूलो कुरा रै'छ' गौराले भनिन्, 'हाम्रो प्रेम र सम्बन्ध देखेर धेरै चकित छन् ।'
गौराका परिवारलाई भने सानले आफ्नी चेलीलाई अलपत्र छाडेर चीन फर्किने पो हुन् कि भन्ने चिन्ता लागेको छ । त्यसैले बिहे नगर्न भनेका थिए । परिवारको मन्जुरीबिना बिहे गरेकाले छिमेकी र साथीसंगीले पनि उनको कुरा काट्छन् । तर गौरा आफ्नो प्रेमप्रति ढुक्क छिन् । उनीहरूले विवाह दर्तासमेत गराएका छन् । उनीहरूको विवाहले चीनमा कानुनी मान्यता पाउने वा नपाउने प्रस्ट छैन । किनभने छिमेकी भएर पनि चिनियाँ र नेपाली नागरिकहरूबीच सीमावर्ती गाउँमा वैवाहिक सम्बन्ध भएका छैनन् ।
उनीहरूको भान्सामा चिनियाँ र नेपाली परिकार पाक्छ । सान स्वादिष्ट चाइनिज खाना बनाउन सिपालु छन् । गौराले पकाएको दाल, भात र तरकारी उनलाई औधि मन पर्छ रे । 'चिनियाँ ज्वाइँ' ससुराली जान खुब रमाइलो मान्छन् । सातामा एकदिन छुट्टी मिल्छ । फुर्सद पाउनासाथ उनी कोसेेली बोकेर बगडीगाउँतिर उक्लिहान्छन् । सानको व्यवहारबाट गौराका बुबा-आमा र छिमेकीलाई पनि मन पर्न थालेको छ । 'भाषा पनि नबुझिने केटासँग छोरी पोइल गई भनेर रिसाएका बुवा-आमा उहाँको व्यवहार र माया देखेर अहिले खुसी छन्,' गौराले भनिन् ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्