काठमाडौ, भाद्र २८ - देशको अबस्था कमजोर भएको बेलामा अनामिनको म्याद थाप्नेकी नाथापने भन्ने बिशयमा अन्नोल भएको बेला प्रधानमन्त्री माधवकुमार नेपालले नेपालका लागी रास्ट्र संघीय मिसन (अनमिन) को समय थप्नेबारे माओवादी लचिलो भएर आएकाले छिट्टै सहमति हुने बताएका छन् । प्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा संचाकर्मीसंग सोमबार कुराकानी गर्दै प्रधानमन्त्री नेपालले अनमिनको समय थपबारे सहमति नभइसकेकाले थप छलफल गरेर सहमति हुने बताए । उनले छलफल सकारात्मक रहेको समेत उल्लेख गरे । लामो समय माओवादी लडाकालाई क्यान्टोनमेन्टमा राखेर मुलुकले आर्थिक भार थेग्न नसक्ने भन्दै उनले त्यसबारे चाँडो भन्दा चाँडो निकास निकालिने बताए ।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी नेता र गृहमन्त्री भिमबहादुर रावलबीच अनमिनको म्याद थपबारे छलफल भएको थियो । दुवैपक्षबीच भएको छलफलमा सहमति नजुटेपछ शीर्ष नेतृत्वलाई विवाद टुग्याउने जिम्मा लगाएको थियो । साथै सोमबार प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेर यसलाई टुग्याउने सहमति भएको थियो । सहमति भइसकेपछि सरकारले अनमिनको म्याद थपबारे राष्ट्रसंघलाई पत्र पठाउने छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्