Monday, September 13, 2010

युवा संघ नेपालद्वारा एभरेष्ट ग्याँस कम्पनीमा छापा मार्यो ।।

काठमाडौ, भाद्र २८ - एमाले सम्बद्ध युवा संघले नेपालले चोभारस्थित एभरेष्ट ग्याँस कम्पनीमा छापा मारेर कम तौल भएका ग्याँस सिलिन्डरहरु नियन्त्रणमा लिएको छ । युवा संघको भ्रष्टाचार विरोधी अभियानले सोमबार ग्याँस कम्पनीमा छापा मारि १५ देखि २० ग्राम तौल कम भएका सिलिन्डर नियन्त्रणमा लिएको हो । सामान्यतः सिलिन्डरको तौल करीव १४ ग्राम हुनु पर्छ ।

विहान १२ः४० वजे कम्पनी भित्र प्रवेश गरेको उपाध्यक्ष सत्यनारायण यादव नेतृत्व टोलीले करीव १५ मिनेट सिलिण्डरको तौल जाँच गरको थियो । यादवले अव उप्रान्त ग्याँस सिलिण्डरको तौलमा कमि पाए नछोडिने चेतावनी दिए । दशै तिहार नजिकिदै गइरहेको वेला काला वजारी विरुद्ध अभियान चलाइएको उपाध्यक्ष यादवले दाबी गरे । ग्याँस कम्पनीका म्यानेजिङ डाइरेक्टर सिताराम तिम्लसिनाले यसरी वजारमा भएको काला वजारी विरुद्धको अभियान स्वागत योग्य भएको बताए । उनले आफ्ना सिलिण्डरमा तौल कम नभएको दाबी गरे ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्