Saturday, October 2, 2010

नेपालमा सडक बालबालिकाको स्थिति

“नुवाकोट त्रिशुलीका राम प्रसाद अधिकारी पसुपतिमा लासपोलेर बागमतिमा फेकिएको दाउरा संकलन गर्छन उनको उमेर १२ वर्षको छ । उनको घर र आमा बाबु सबै पहिरोले लग्यो ।  बाच्ने सहाराको खोजिमा गाँउका एक जना दाई पर्ने संग काठमाडौ छिरेका हुन् । हुन त उनले होटेलमा  भाडा माज्ने काम समेत गरे तर  होटेल साहुको दुव्र्यवहारको कारण सडकमा आउन बाध्य भए । हाल उनि पसुपतिमा दाउरा टिपेर दिन विताएका छन् । त्यस्तै अर्का वालक हुन राजन उनको परिवारमा कोहि छैन । किन की उनको आमा लागु औषध ओसार पोसारको मुद्दामा पोखरा जेलमा छिन भने वावुको मृत्यु भई सक्यो । राजन गौसलामा दिनभरी डेनड्रइट सुग्छन् । त्यसको असरले उनको शरीर दुव्लो  भएको छ उनि राम्रो संग वोल्न पनि सक्दैनन् । उनलाई छाला सम्वन्धी र स्वसप्रश्वस सम्वन्धी  रोग लागेको छ । सुरपाउदा उनि भन्छन आमालाई एकपटक भेट्न चाहान्छु तर डेन्ड्रइटको असरले उनको स्वर नै सुकेको छ । अर्का हुँन दिपेश उनको वावु सानैमा विते घरमा खाना लागाउनको दुख भयो आमा सहित काठमाडौ आए उनको आमाले डान्स रेस्टुरेन्टमा काम गर्न थालिन र उनलाई स्कुल भर्ना त  गरिन ।

तर राम्रो संग हेरचाह गरिन्न र अर्कै मान्छे संग बस्न थालिन । उनलाई दिन दिनै त्यस घरमा आमा संग बस्न मन लागेन र साथीहरु संगै सडकमा बस्न थाले । यि र यस्तै कारणले थुप्प्रै वालवालिकाहरु सडक सम्म आई पुगेका छन् । अहिले उनिहरुको यो समस्या सबैको साझा समस्या बन्न पुगेको छ । किन की वालवालिका यो देशका भविष्य हुन । हामिले आज उनिहरुलाई राम्रो शिक्षा दिक्षा दियौं भने भोलि हामिले कल्पना गरे जस्ता नागरिक पाउन सकिन्छ । यसको लागि सबैले सोच्नु पर्ने बेला आएको छ । तर बाटोमा कतै त्यस्ता वालवालिका भेटिए भने घृर्णा गरेर हेरेको देखिन्छ । तेस्तो गर्नु वालवालिको मनोविज्ञान नवुझ्नु हो । के कसरी वालवालिकाहरु सडक सम्म आए भन्ने तर्फ कसैकोे ध्यान जानुपर्छ ।
काठमाडौको बिभिन्न प्रख्यात ठाँउहरुमा सडकमा प्लाष्टिक टिपि रहेका, डेन्ड्रईट सुँघी रहेका थुप्प्रै वालवालिकाहरु देख्न सकिन्छ । सडकमा बस्ने प्रार्यजसो सबै बालवालिकाहरु बाबुआमा गुमाएका, पारिवारिक हिंसा भएका, बाबु आमाको सम्बन्ध बिच्छेद भएका, वा सानी आमा वा सानो बाबु भएका बालबालिकाहरु बढि भेटिन्छन् । सडकमा बस्दा वालवालिकाहरुलाई अनावश्यक रुपमा पुलिसले दुख दिने गरेको स्वयं वालवालिकाहरु बताउछन् । कतै चोरीको घटना भयो भने पुलिसको ध्यान सबै भन्दा पहिला सडक वालवालिकामा जान्छ । किन की उनिहरु सडमा बस्छन् र चोरछन् भन्ने पुलीसलाई भ«म छ । तर सबै वालवालिका चोरेर खादैन्न । वानेश्वरको एक कवाडमा धेरै सडक वालवालिकाहरु वस्छन् । उनिहरु रात भरि प्लाष्टिक लगाएत अन्य कवाडका सामान बटुल्छन् र दिन भरि तास तथा अन्य खेल खेलेर दिन बिताउछन् । के उनिहरु चोर हुन त ? पक्कै पनि होइन्न । उनिहरु त श्रम गरेर खाने पो हुन त । सडकमा बस्ने धेरै वालवालिका कडा श्रम् गर्छन । तर उनिहरुको काम जोखिम पुर्ण हुन्छ । जाडोको समयमा उनिहरुलाई धेरै गाह्रो हुन्छ । सडकमा बस्ने भएकोले चिसोवाट बच्न वा साथिको लै लै मा लागेर लागु पदार्थको सेवान जस्तै सुई, डेनड्रईट सुग्ने, चुरोट  सेवन गर्छन । जसको कारणेले सडकमा बस्ने अधिकांस वालवालिकाहरु शुस्त मनस्थिति हुने, एकोहोरो टोलाउने, छिट्टै रिसाउने, ग्याङफाइटमा संलग्न हुने जस्ता कृयाकलाव गर्ने गरेको पाईन्छ ।  
सडकमा वालकहरु भन्दा वालिकाहरुको अवस्था दयानिय छ । एउटै समुहमा केटा र केटीहरु बस्ने भएकोले कहिले काही असुरक्षित यौन सम्र्पकको कारणले सानै उमेरमा बच्चा जन्माउन पुग्ने र स्याहार नपुगेको कारण बच्चाको पनि मृत्यु हुने गरेको पाइन्छ । सडकमा बस्ने वालिकाहरु सामुहिक वलात्कारमा पर्ने गरेको धेरै भेटिन्छन् । किन की सडकमा बस्ने वालवालिकाहरु लागुपर्दाथको सेवान गर्ने र त्यसको नसामा कीशोर अवस्थामा पुगेका वालिकाहरु वालात्कारमा पर्ने गरेको भेटिन्छ । यो जटिल समस्या हो । सडमा बस्ने  वालकालिकाहरु साना साना देखि किशोर अवस्था सम्मका थुप्र्पै वालवालिकाहरु बस्छन् । उनिहरुमा अप्राकृतिक यौन सम्वन्ध पनि हुने गरेको पाइन्छ । जसको कारणले उनिहरुमा यौन रोगको साथै एच आई भी एडस लागेर धेरै वालवालिकाको मृत्यु समेत भएको पाइन्छ । 
हुन त सडक वालवालिकाको क्षेत्रमा काम गर्ने थुप्र्पै संघ सस्थाहरु खुलेका छन् । तर तेति ब्यवस्थित भने हुन सकेको देखिदैन । किन की सबै संस्थाले एउटै क्षेत्र, एउटै प्रकृतिका वालवालिकालाई तारगेट बनाएर कार्यक्रम ल्याउने तर दिर्घकालिन कार्यक्रम नहुने भएकाले केही राहात पाए जस्तो देखिए पनि कार्यक्रमको अवधि सकिन साथ फेरी वालवालिकाहरु सडकमा नै फर्किन पर्ने वाध्यता  देखिएको छ । 
सडकमा वस्ने वालवालिकाहरुमा पनि धेरै प्रतिभाहरु छन् । तर उनिहरुको समस्या दिर्घकालिन छ । किन की फर्किएर जाने घर छैन, कसैको आफन्त छैनन्, कोही भए पनि जान मान्दैनन् । त्यसैले अनाथ तथा सडक वालवालिकाको हितलाई ध्यानमा राखेर सरकारले दिर्घकालिन रुपमै निति तथा कार्यक्रम बनाएर वालवालिकालाई पुन स्थापना गर्नु जरुरी छ । सरकारी तबरवाटै पुर्नस्थापना केन्द्र वा मनोबैज्ञानिक परामर्श समेत सरकारले दिनु पर्दछ । जसको कारणले वालवालिको भबिष्य  सुनिश्चित हुनेछ । 
  कल्पना थापा

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्