Sunday, October 3, 2010

लोक दोहोरी कलाकारहरू को अधिबेसन शुरू

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चौथो राष्ट्रिय महाधिवेसन हेटौंडामा सुरु भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले आज महाधिवेसनको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री नेपालले समयमै संविधान लेखन प्रक्रिया टुङ्ग्याउन कलाकारले पनि दलहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

जनआन्दोलनमा कलाकारहरुले खेलेको भूमिका स्मरण गर्दै प्रधानमन्त्री नेपालले फेरि एक पटक आफ्नो क्षेत्रबाट शान्ति र संविधानका लागि निर्णायक पहल गर्न आग्रह गर्नुभयो ।  महाधिवेसन उद्घाटन कार्यक्रममै प्रधानमन्त्री नेपालले प्रतिष्ठानको स्मारिकाको विमोचन पनि गर्नुभएको थियो । कार्यक्रममै प्रतिष्ठानले कल्याण शेरचन र लोकगीतमै विद्यावारिधी गर्नुभएका डाक्टर कुष्माकर न्यौपानेलाई सम्मान गरेको थियो ।
तीनदिनसम्म चल्ने महाधिवेसनमा देशभरका एकहजार प्रतिनिधि सहभागी छन् । महाधिवेसनले नयाँ कार्यसमिति चयन गर्ने छ । वर्तमान प्रथम उपाध्यक्ष पुरुषोत्तम न्यौपाने अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्