Monday, October 4, 2010

अखिलको सम्मेलनको निर्वाचन प्रक्रिया शुरू

१८ असोज, जनकपुर । जनकपुरमा जारी अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा निर्बाचन प्रक्रिया सुरु भएको छ । निर्बाचन समितिले सोमबार प्रकाशित गरेको निर्बाचन कार्यतालिकाअनुसार मंगलबार विहान सात बजेदेखि मध्यान्ह १२ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । अपरान्ह एक बजे अन्तिम नामावली प्रकाशन गर्ने, दुई बजेसम्म उम्मेदवारी दर्ता र चार बजे उम्मेदवारको प्रारम्भीक नामावली प्रकाशन गरिने छ । उम्मेदवारी नामावलीप्रति दाविविरोध गर्न आधा घण्टाको समय छुट्टाइएको छ ।यसैगरी साढे ९  बजे अन्तिम नामावली प्रकाशन गरेपछि भोली विहान सात बजेदेखि मध्यान्ह १२ बजेसम्म नयाँ नेतृत्वका लागि निर्बाचन हुने राष्ट्रिय सम्मेलन प्रचार विभाग प्रमुख रचना खड्काले जानकारी दिनुभयो । मतपत्र भने हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर गणना गरिने छ । सुरक्षाको कारण मतगणना काठमाडौंमा गर्न लागिएको हो । नयाँ कार्यसमिति चयनका लागि २ हजार ८ जना प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।

अध्यक्षका लागि निवर्तमान उपाध्यक्ष शोभियत ढकाल र निर्वतमान महासचिब माधब ढुङ्गेलबीच कडा प्रतिस्पर्धा हुनेछ ।  सम्मेलनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिब १, सचिब ३, कोषाध्यक्ष १ र ३४ सदस्यीय सचिबालय गरी कूल २ सय १ सदस्यीय नयाँ केन्द्रीय समिति निर्बाचित गर्नेछ । यसअघि अनेरास्ववियुको १ सय २१ सदस्य निर्बाचित र बाँकी मनोनित गरी १ सय ५४ सदस्यीय केन्द्रीय समिति थियो ।
‘शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मौलिक अधिकार, राष्ट्रिय एकता, दिगो शान्ति र नयाँ संविधान आर्थिक विकासको आधार,’ भन्ने मूल नाराका जनकपुर चुरोट कारखानमा गत १५ गतेदेखि अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्