Wednesday, October 6, 2010

अखिलको मत गणना सुरु माधब ढुंगेल अगाडी

२१ असोज, काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वका लागि भएको निर्बाचनको मतगणना विहीबारदेखि सुरु भएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा १५ ठाउँमा मतगणना सुरु गरिएको उपाध्यक्ष पदका प्रत्यासी नबराज  पौडेलले जानकारी दिनुभयो । मतगणनास्थलमा अध्यक्ष पदका प्रत्यासीका ३०/३० जना प्रतिनिधि र निर्बाचन समितिका सदस्य सहभागी छन् । राष्ट्रिय सम्मेलन जनकपुरमा भए पनि सुरक्षाको कारण मतगणना काठमाडौंमा गरिएको हो । मतपेटिकालाई हिजो जनकपुरबाट काठमाडौं ल्याइएको थियो ।
जनकपुरमा यही असोज १५ देखि १८ गतेसम्म चलेको अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष सोभियत ढकाल र निवर्तमान महासचिब माधब ढुङ्गेलले प्यानलसहित उम्मेदवारी दिएका थिए ।हाल्सम्मको मतगणना अनुसार माधब  ढुंगेल अगाड़ी छन .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्