Thursday, October 7, 2010

विद्यार्थी हत्याको बिरोधमा नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज, आश्विन २१ -  गत बिहीबार  अपहरण गरेको दुई स्कुले विद्यार्थी हत्याको विरोधमा आज बिहीबार बिहान देखि नेपालगन्जमा विद्यार्थी, शिक्षक र महिलाहरूले जुलुस प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आव्ह्रावानमा उद्योगधन्दा र पसलहरु बन्द छन् । आक्रोशित विद्यार्थीको अवरोधले सवारी साधन चलेका छैनन् । विद्यार्थीहरूले सुर्खेत रोड लगायतका मुख्य सडकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । बाँकेका सम्पूर्ण शैक्षिक संस्थाहरू तेस्रो दिन पनि बन्द छन् । हत्याको बिरोधमा छिमेकी बर्दियामा पनि स्थानीय व्यापारीहरूले २ घण्टा गुलरिया र कालिका बजार बन्द गरे ।
जय बागेश्वरी उच्च माविमा कक्षा ९ र १० मा अध्ययनरत किशोरद्वय कपिल द्विवेदी र लिलाधर भट्टलाई अपहरण गरेर फिरौती बापत १० लाख लिएर पनि हत्या गरिएको थियो । उनीहरूको निर्मम हत्यामा संलग्न तराई जनतान्त्रीक पार्टी मधेसका पश्चिम कमाण्डर मेराज अहमद साईलाई प्रहरीले घटनाको २४ घण्टा भित्रै पक्राउ गरेको छ । उनले कपिलका बुवा सन्जय द्विवेदी प्रधानाध्यापक रहेको इन्द्रपुर प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुरेश बर्माको आग्रहमा किशोरद्वयको अपहरण, फिरौती लिएर हत्या गरेको स्वीकारेका छन् ।
हत्यामा संलग्न मुख्य अभियुक्त मेराज अहमद साई पक्राउ परेपछि अपहरण र हत्यामा बर्माको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दार साकिर अलि बेहनालाई पनि हिरासतमा राखिएको छ । उनले प्रहरीका महत्वपूर्ण सूचना मेराज मार्फत सशस्त्र समूहलाई पुर्‍याउने गरेको पाइएको प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए । अक्रोसित महिलाहरुको भीड़ले अहिले पनि नारा जुलुस गरिराहेछा छन . ब्याक्तिगत सामान्य रिसिबिको कारनले हुनाहार किशोर्हरुको हत्या भएको भन्दै मनाब अधिकार कर्मी पेसकर्मी सबै सडकमा उर्लिएका छन .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्