कार्तिक ३ - तीन दिनदेखि अपहरण गरी बेपता पारिएका नेकपा एमाले धादिङका नेता शिव थापामगर बुधबार मृत अवस्थामा भेटिएका छन् । तीन दिनअघि दार्खा गाविसको वडा नम्वर ७ मा भएको भलिवल प्रतियोगिता हेरेर घर र्फकँदै गरेका थापामगरलाई वाइसिएल धादिङ क्षेत्र नम्बर १ का इन्चार्ज विक्रम तामाङको नेत्तृत्वमा रहेको समूहले अपहरण गरेको आरोप लगाइएको छ ।
उनलाई अपहरणकारी समुहले हत्या गरेको एमाले धादिङले दाबी गरेको छ । अपहरण पश्चात हराईरहेका थापामगरको खोजी गरिरहेका गाउँलेहरूले बुधबार बिहान दार्खा - १, राउतेको जंगलमा शव भेटाएको हो । घटनास्थल सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घटनाको जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । एमाले धादिङले घटना माओवादीका कार्यकर्ताहरूबाट भएको भन्दै दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेको छ । ४० वर्षिय थापामगर एमाले धादिङ जिल्ला कमिटीका पूर्व सदस्य थिए । माओवादी धादिङले भने सो हत्यामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको जनाएको छ । माओबाधिले आफ्नो पार्टीको संलग्नता नभएको बताए पनि बिषय गंभीर भएको कुरा एमाले धादिङले बताएको छं .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्