नेपालगन्ज, ज्यदातिको पनि हद हुंछ एनेकपा मोबाधि पार्टीले आफ्नो पार्टी छाडेपछि बाँकेमा कब्जामा लिएर वितरण गरेको जग्गा सुकुम्बासीहरुबाट खोस्न थालेको छ । बाँकेको उढरापुर-२ गिजारा फर्मस्थित टण्डन चिनी मिलको जग्गा कब्जा गरेर बसाइएका सुकुम्बासीको जग्गा खोसेको हो । उसले अहिले सम्म आफ्नो पार्टी रहनेलाई मात्र जग्गा बितरण गरेको थियो .
ती सुकुम्बासिहर्रुले माओवादी पार्टी मन नपरेरा परित्याग गर्दा मुस्तफा बेहनासहित ६ जनाको जग्गा खोसेको सुकुम्बासीहरुले बताएका छन् । भर्खरै गाउँमा कांग्रेसले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा मुस्तफासहितका सुकुम्बासीहरु काँग्रेस प्रवेश गरेपछि माओवादी आक्रोशित भएका हुन् । 'पार्टीको मान्छे भनेर पो जग्गा दिएको । अर्कै पार्टीमा जाने भए उनैसंग माग्ने भन्दै जग्गा खोसेको घोषणा गरे' मुस्तफाले भने । गिजरा फर्मको जग्गामा माओवादीले ५ सयभन्दा बढी सुकुम्बासी बसाएको थियो । बाँके काँग्रेसका निवर्तमान सभापति कृष्णमान श्रेष्ठले स्थानीय माओवादी कार्यकर्ताले सुकुम्बासीहरुको ३० हजार बराबरको अन्नपातसमेत लुटिसकेको आरोप लगाए । उनले भने, 'जर्बजस्ती लुट्ने र धम्क्याएको गुनासो आएको छ ।' माओवादीका बाँके सह-इन्चार्ज आइपी खरेलले मुस्तफालगायतका आधा दर्जन व्यक्तिले सुकुम्बासीलाई धम्क्याउने र जग्गा दलाली गरेकाले पार्टीले उनीहरुलाई कारवाही गरेको दाबी गरे । उनीहरुले पार्टीलाई झुक्काएर जग्गा लिएकाले अब नपाउने बताए । 'पार्टीले पटक-पटक सुकुम्बासीलाई नसताउन आग्रह गर्दा पनि नमानेपछि सामान्य चेतावनी दिएका हौ' उनले भने ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्