Monday, October 25, 2010

आज राष्ट्रपति चीन भ्रमणमाँ जादै

काठमाडौ, कार्तिक ९ - आज राष्ट्रपति रामवरण यादव मंगलबार मैत्रीपूर्ण सद्भावना चीन भ्रमणमा जाँदैछन् । उनी कात्तिक १४ गते हुने सांघाई एक्स्पो समापन समारोहमा भाग जान लागेका हुन् । एक साता भ्रमणमा राष्ट्रपति यादवले एक्स्पोका अवलोकन गर्नुका साथै चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ, सांघाईका मेयर र स्थानीय राजनीतिज्ञलाई भेट्ने कार्यक्रमा छ ।


राष्ट्रपति यादवको टोलीमा छोरी अनिता यादव, पर्यटनमन्त्री शरतसिंह भण्डारी, राष्ट्रपतिका सल्लाहकार सूर्य ढुङ्गेल र हरि शर्मा, चीनका लागि नेपाली राजदूत टंक कार्की, राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने, परराष्ट्र सचिव मदन भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्टलगायत छन् ।  यस अघि उपराष्ट्रपति परमानंदा झा ले पनि चीनको भ्रमण गरेका छन भने माओबाधि अध्यक्ष प्रचंड चीनको भ्रमण सकरा आजै  स्वदेश फर्किदै छन ..

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्