७ कात्तिक, प्रधानमन्त्री माधवकुमार नेपालले विशेष समितिलाई जानकारी नगराई चीन भ्रमणमा गएका जनसेनाका कमाण्डरलाई कारबाही गर्ने चेतावनी दिनु भएको छ । गृह जिल्ला रौतहट जानुअघि सीमरा विमानस्थलमा आइतबार बिहान सन्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । विशेष समिति मातहतमा आइसकेका माओवादी जनसेना सरकारलाई जानकारी नगराई देश बाहिर गएकोले उनीहरुविरुद्ध कारवाही अघि बढाइने प्रधानमन्त्री नेपालले जानकारी दिनुभयो ।
कस्तो खालको कारबाही हुने भन्नेबारे भने उहाँले खुलाउनु भएन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवम् सैन्य विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’, माओवादी पोलिटव्युरो सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’, डिभिजन कमाण्डरहरु सुकबहादुर रोकामगर, तेजबहादुर ओली र महेन्द्र शाही असोज २९ गते चीन गएका थिए ।
नेपाली सेनाका महासेनानी राजु बस्नेतको म्याद थप गरिएकोप्रति अनमिनले विरोध जनाएकोमा प्रधानमन्त्री नेपालले आपत्ती प्रकट गर्नुभयो । सेनाको म्याद थप्ने र नथप्ने काम सरकारको भएकाले अनमिनले यसमा विरोध जनाउनु कार्यक्षेत्र अधिकार बाहिर हुने उहाँले स्पष्ट पार्नुभयो । सबै दललको सहमतीमा बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री नेपालले जानकारी पनि दिनुभयो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्