Saturday, October 23, 2010

केराले बढाउछ प्रजजन क्षमता


केरा पुरुषहरुका लागि धेरै फाइदा कारी हुन्छ कीन भने यसले पुरुषको प्रजजन क्षमताको विकास गराउँछ । सिंगापुरका एक युरोलजिस्टले गरेको अध्ययनमा यस्तो कुरा उल्लेख गरिएको हो । अध्ययन अनुसार सातामा न्युनतम् तीन दिन केरा आँदा पुरुषको प्रजजन क्षमता बृद्धि हुन्छ । युरोलिष्टका अनुसार केरामा उच्चस्तरमा म्याग्नेसियम हुन्छ । जसले शुक्राणुको संख्या बढाउछ ।

अनुसन्धान कर्ताका अनुसार केरा बाहेक काजु, आलु र समुद्री खाद्य पदार्थ समेतले कोषिकाको निर्माणमा मुख्य भुमिका खेल्छ जसले शुक्राणुको निमार्ण गछ ।
अनुसन्धान कर्ताले पुरुषलाई रक्सीवाट टाडै बस्ने सल्लाह समेत दिएका छन् । उनिहरुका अनुसार पुरुषलाई रक्सी र धुम्रपानवाट टाढा बनु पर्छ किन भने यो धेरै अतरनाक हुनुका साथै यसले शुक्राणुको संख्या घटाँउछ । यस वाहेक तातो पानी र वाष्प स्नान समेत शुक्राणुको निमाणमा सहयोग गछ । अनुसन्धानका अनुसार जुन पुरुषमा शुक्राणुको संख्या कम हुन्छ, उनीहरुको उपचारमा ओमेगा ३ फ्याटी एसिड सहयोगी हुन सक्छ ।  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्