Sunday, October 24, 2010

१९ पल्टमाँ छेवाङ हराए सगरमाथा

 सगरमाथामाथि सबैभन्दा बढी पाइला टेकेका आरोही छेवाङ नीमा शेर्पा शनिबारको हिम पहिरोमा परी बेपत्ता भएका छन् ।  बाटो   पहिल्याउने क्रममा उनी ७ हजार १ सय ३० मिटर अग्लो बरुणत्से हिमाल बाट  हराएका हुन् । 'टोलीमा रहेका अर्का साथीका लागि बाटो बनाइदिन डोरी ओछ्याउँदै थिए,' .

शेर्पा सांगि्रला ट्रेकका जीवन घिमिरेले भने, 'टोलीमा उनी सबैभन्दा दक्ष भएकाले सहयोगका लागि अगाडि जाँदा दुर्घटनामा परिका हुन ' डोरी ओछ्याइरहेका बेला एक्कासि हिमपहिरोले उनलाई बगाएको टोलीका अन्य सदस्यलाई उद्धृत गर्दै घिमिरेले बताए ।
अन्य सदस्यहरू अझै आधार शिविरमै छन् । शनिबार अपराह्न साढे चारबजे भएको घटनापछि आइतबार फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार टोली पठाइएको थियो । 'तर हावा बढी चलेकाले उद्धार गर्न सकिएन,' घिमिरेले थपे, 'सोमबार फेरि प्रयास गर्नेछौं ।'
उनी अक्टोबर १७ मा शेर्पा सांगि्रला ट्रेकको बि्रटिस टोलीका पाँच आरोहीका गाइडका रूपमा बरुणत्सेतर्फ लागेका थिए । १९८८ मा पहिलोपल्ट सगरमाथा चढेका छेवाङले सन् २०१० को वसन्त ऋतुमा दुईपल्ट गरी १९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । २० पल्ट सगरमाथा चढेका आप्पा शेर्पाको विश्वव्यापी चर्चाका कारण ओझेलमा परे पनि उनी निकै सक्षम सरदार मानिन्छन् । उनको  श्रीमती र दुई सन्तान उनको आगमनको प्रतीक्षामा रहेको परिवारजनले बताए । हामी कमाना गरु उनको  सकुसल उदार गर्न सकियोस .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्