Sunday, October 24, 2010

भोलीको प्रधान मंत्री को चुनाब पनि अर्थहीन हुने सभामुख को भनाई

८ कात्तिक, काठमाडौं, सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री निर्बाचनको अर्थहीन श्रृङ्खला अन्त्य गरी देशलाई छिटो  भन्दा छिटो  निकास दिन दलहरुलाई आग्रह गर्नुभएको छ । क्यानडाको भ्रमण सकेर सोमबार विहान स्वदेश फर्केका नेम्वाङले अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अन्तरिम संविधान संसोधन गरेर भए पनि देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।

दलहरुबीच सहमति नभइ आफूले मात्र प्रधानमन्त्री निर्बाचनको श्रृङ्खला रोक्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक निकासका लागि आफूले राजनीतिक दलहरुसँग पुनः गम्भीर छलफल गर्ने जानकारी गराउनु  भयो । मुलुक संघीयतामा प्रवेश गर्दा केन्द्र र राज्य सरकारबीच उत्पन्न हुने विवाद सुल्झाउनेबारे क्यानडामा छलफल भएको उहाँले जानकारी दिनुभयो । क्यानडा सरकार र त्यहाँको बार एसोसियसनको संयुक्त निमन्त्रणामा सभामुख नेम्वाङ गत असोज ३० गते केहि सभासद र कानुनविदसहित संघीय न्याय प्रणालीको विषयमा अध्ययन गर्न क्यानडा जानुभएको थियो । उहाँ भोली हुने प्रधानमन्त्री निर्बाचनका लागि भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्कनु भएको हो । तर आज सम्म कुनै सहमतिको संकेत देखिएको छैना . माओबधिका अध्यक्ष चीन भ्रमण माँ छन भने अरु दलमा पनि कुनै कुरा मिलेको छैना यसले के देखौछा भने भोलीको प्रधान मंत्री को चुनाब पनि अरु चुनाब जस्तै अर्थहीन हुने छं 
 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्