यो संसार पनि अचम्मको छं कतई श्रीमनाले श्रीमतिको हत्या गर्छन कतई श्रीमतीले श्रीमानको बाँके टिटिहिरीयाकी एक महिलालाई प्रहरीले श्रीमानको हत्याको आरोपमा पक्राउ गरेको छ ।
श्रीमान् हत्याको आरोपमा पक्राउ परेकी जीवा ढकाललाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । बाँकेको टिटिहिरीया गाविस ६ हस्नापुरमा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमती जीवा ढकालले श्रीमान् जीत बहादुर ढकाललाई दाउराको चिरपटले प्रहार गर्दा घाईते भएका थिए । घाईते जित बहादुरलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उपचार गरि घर फर्किएका ढकालको हिजो घरैमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्