Monday, October 25, 2010

अनमिन सग सरकारले लड़ाकुको चीन भ्रमण को बारेमा जानकारी माग्यो

८  कात्तिक, काठमाडौं , नेपाल सरकारले एकीकृत नेकपा माओवादी लडाकुका केही कमाण्डरहरुले गरेको चीन भ्रमणबारे नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनसँग जानकारी माग गरेको छ । शान्तिमन्त्रालयले सोमबार अनमिन प्रमुखलाई पत्र लेखेर लडाकुका कमाण्डहरुले गरेको चीन भ्रमणबारे स्पष्ट पार्न जानकारी माग गरेको मन्त्रालयका सहसचिव विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।

माओवादी लडाकू सेना समायोजन विशेष समितिको मातहतमा आइनसकेको अवस्थामा समितिलाई जानकारी नै नगराई आफुखुसी  गरेको  विदेश भ्रमण  गैरकानुनी भएको ठहर गर्दै उनीहरुको भ्रमणबारे सरकारले अनमिनसँग जानकारी माग गरेको हो । विदेश भ्रमण जानु पूर्वअनमिनको स्वाक्रती  लिनू पर्ने हुन्छ .
माओवादीले भने आफ्नो लडाकुको भ्रमण निजी भएको भन्दै यस विषयलाई राजनीतिक रंग नदिन आग्रह गरेको छ ।
माओवादी सैन्य इन्चार्ज वर्षमान पुनले अनमिनसँग अनुमति लिएर भ्रमण गरेको दावी गर्दै भ्रमणबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन  । माओवादीका स्थायी समिति सदस्य एवम् सैन्य विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’, माओवादी पोलिटव्युरो सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’, डिभिजन कमाण्डरहरु सुकबहादुर रोकामगर, तेजबहादुर ओली र महेन्द्र शाही असोज २९ गते चीन गएका थिए । उनिहरु को चीन भार्मन रहस्य  पूर्ण रुपमा हेरिएको छं . त्यसको  साथसाथै   अहिले माओबाधि अध्यक्ष प्रचंड ले गरेको चीन भ्रमण को कुनै खास बजाय हुनु पर्छ भन्ने धेरैको अडकल छं . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्