Thursday, October 28, 2010

माओबाधिले डा. बाबुराम भट्टराईलाइ कार्यकर्ता सग भेटन रोक

कात्तिक १२- पार्टीको विस्तारित बैठकमा आफ्नो‘लाइन' बलियो बनाउन देश दौडाहामा रहेका एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई पार्टीको कोचिला राज्य समितिले कार्यकर्ता भेला गर्न नदीने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैध पक्षधरले 'कुनै पनि गुटले कार्यकर्ता भेला डाक्न नपाउने' भन्दै रोक लगाएको बुझिएको छ . मोरङ टंकिसिनुवारीमा नेपाल जेसिसको वार्षिक समारोहमा सहभागी हुन शनिबार विराटनगर आउन लागेका उपाध्यक्ष भट्टराईले कोचिला राज्य समिति अन्तर्गत भेला डाक्न आफू समर्थितलाई आग्रह गरेका थिए।  तर त्याहका स्थानीय नेता कार्यकर्ताले तेसको जानकारी पार्टी अध्यक्ष प्रचंदालाई दिए पछि स्थानीय कार्यकर्ताको नाम माँ भेला बोलौना रोक लगायको हो .  त्यसको जानकारी पाउनेबित्तिकै राज्य समिति इन्चार्ज हरिबोल गजुरेलले भेलामा उपस्थित नहुन मौखिक निर्देशन दिएका छन्। एउटा केंद्रीय ना ओदा कार्यकर्ता भेताघट  गर्न नपाउने भनी भट्टराई निकट का कार्यकर्ताले बिरोध जनाएका  छन  .  
नेता जिल्ला जाँदा कार्यकर्तासँग भेटघाट हुनु स्वाभाविक भए पनि भेला डाकेर विचार राख्न नपाइने गजुरेलले नागरिकलाई बताए। ‘पार्टीको बिस्तारित बैठक नजिकै भएकाले कुनै पनि नेताले औपचारिक लाइन र विचार राख्न पाइदैन,' उनले भने, 'भेला नै डाकेर लविङ गर्नु उचित होइन।' स्रोतका अनुसार भट्टराईको भेलामा उपस्थित नहुन निर्देशन दिन गजुरेल मंगलबार विराटनगर आएर राजधानी फर्किएका हुन्। दाहाल निकट गजुरेलले भट्टराईको विराटनगरको कार्यक्रमबारे औपचारिक जानकारी नभएको जिकीर गर्दै भने। ‘बाबुराम कमरेड विराटनगर जान लागेको सुनेको छु, तर यसबारे उहाँले केही बताउनु भएको छैन।'
कुनै पक्षमा खुल्न नसकेका कार्यकर्तालाई आफ्नो ‘लाइन' बारे स्पष्ट पार्न भट्टराईले विराटनगरमा भेला डाक्न खोजेका हुन्। ‘आफ्ना पक्षमा नभएका नेता/कार्यकर्ता आफ्नो पक्षमा ल्याउने बाबुराम कमरेडको योजना छ,' राज्यस्तरिय एक भट्टराईपक्षीय नेताले भने, 'कतै नखुलेका नेता/कार्यकर्ता बाबुरामतिर जालान् भन्ने डर दाहाल र बैध पक्षमा छ।' भेला रोक्ने निर्देशन भट्टराई पक्षले पालना गर्ने स्थिति नरहेको उनीपक्षधर नेताहरूले बताएका छन्। राज्य समिति सह- इन्चार्ज गंगा श्रेष्ठले कोचिला राज्य अन्तर्गतका नेता/कार्यकर्तालाई भट्टराईले 'समसमायिक राजनीतिक विषयवस्तु र आफ्नो लाइनबारे कुरा राख्ने' जानकारी दिए। भेलाको चाँजो मिलाइरहेका श्रेष्ठले ‘कार्यकर्ता भेट्ने व्यवस्था मिलाइरहेको' उल्लेख गर्दै भेलास्थलको टुंगो नलागेको बताए। दहाल, वैद्य पक्षधरले भेला रोक्न खोजेकोप्रति उनले प्रतिप्रश्न गरे, ‘नेताले कार्यकर्ता भेट्न पनि नपाउने?'

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्