Thursday, October 28, 2010

१५ औँपटकको प्रधानमंत्री को निर्वाचन आज

काठमाडौँ, कात्तिक ११ गते, प्रधानमन्त्री पदका लागि भएको पटक पटक को निर्वाचन बिफल हुदा पनि आज  १४ औँ पटक निर्वाचन हुने भएको छं . आज सम्म पनि  राजनीतिक दलहरूले निर्वाचनलाई परिणाममुखी बनाउन बिहीबार कुनै पहल गरेनन् । फलस्वरूप १४औँ पटक हुने निर्वाचन पनि नयाँ प्रधानमन्त्री चयन गर्न असफल हुने प्रायः निश्चिन भएको छ । दलहरूका आ आफ्नै नै अडानका कारण सहमति कायम हुन नसक्दा मुलुकले यति धेरै समस्या परेको हो  ।
प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजीनामा दिएपछि व्यवस्थापिका संसद्मा १३ पटक प्रधानमन्त्री छान्ने निर्वाचन भइसकेको छ । एनेकपा -माओवादी)का नेता नारायणकाजी श्रेष्ठले नेपाली काङ्ग्रेसका प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिएसम्म निर्वाचनको शृङ्खला जारी नै रहने बताउनुभयो । "सहमतिका निम्ति एमाओवादी तयार छ तर उहाँले उम्मेदवारी फिर्ता लिनुपर्छ", उहाँले भन्नुभो । नेता श्रेष्ठले बिहीबार सहमतिका लागि कुनै पनि औपचारिक पहल नगरिएको जानकारी दिनुभयो । "सबै आ-आˆनै अडानमा छन्, के पहल गर्ने ?", उहाँको भनाइ थियो । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले शान्ति र संविधानको सुनिश्चितता नभएसम्म काङ्ग्रेसको उम्मेदवारी कायमै रहने बताउनुभयो । उहाँले भन्नुभयो, "जहिले पनि छलछामको राजनीति, सहमति गर्ने कार्यान्वयन नगर्ने । यो प्रवृत्तिका विरुद्ध पौडेलजीको उम्मेदवारी हो । नेता केसीले प्याकेजमा सहमति गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले पनि बिहीबार सहमतिका लागि कुनै प्रयास नभएको स्वीकार्नुभयो ।
१५औँ पटकको निर्वाचनका लागि कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बस्ने बैठकले मिति तय गर्नेछ ।   

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्