Thursday, October 28, 2010

अमेरिकामा बेरोजगारको सख्या घटो

वासिङ्टन, (एजेन्सी), बिस्वामा बेरोज्गारको सख्या बढेको बेला  अमेरिकी माँ भने अमेरिकी  सरकारद्वारा बेरोजगारहरुलाई उपलब्ध गराउँदै आएको सुविधाका लागि आवेदन दिने व्यक्तिहरुको संख्यामा गत साता कमी आएको र यसले अमेरिकी रोजगारको बजारमा सुधारको संकेत देखाएको सरकारी अधिकारीहरुले जनाएका छन्।
अमेरिकी श्रम विभागले बेरोजगार भत्ताका लागि आवेदन दिनेहरुको संख्यामा २१ हजारले कमी आएर २३ अक्टोबरमा ४ लाख ३४ हजार पुगेको जनाएको छ। अर्थविद्हरुले बेरोजगारहरुको संख्यामा पहिलेको तुलनामा अलिकति बढ्ने पूर्वानुमान गरेका थिए। आर्थिक मन्दीको कारण अमेरिकाका थुप्रै बैंक तथा वित्तीय संस्थाहरु बन्द भइसकेका छन्। आर्थिक मन्दीले युरोपेली राष्ट्रहरुलाई समेत नराम्ररी प्रभावित गरेको थियो। यसले गर्दा हजारौं जनता बेरोजगार हुन बाध्य भएका थिए। 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्