१० कात्तिक, आबुधाबी (यूएई) , घरेलु कामदारको रुपमा यूएई पुगेका दस जना नेपाली महिला शारिरीक शोषणमा परेपछि दुतावासको शरणमा पुगेका छन् । उनीहरु घर फर्कने आशमा दुतावासमा बस्दै आएका छन् ।
अबुधाबीस्थित नेपाली दुतावासको शरणमा पुगेका नेपाली महिलाहरुमा काफलगाडा-६ गोरखाकी विष्णुमाया लामा, हापुर-३ दाङकी रीता केसी, पथरदैया-९ कपिलवस्तुकी शकुन्तला मल्ल, मकालु-८ सङ्खुवासभाकी खिलिमाया राई र बाहुनडाँडा लमजुङकी सुमकुमारी गुरुङ छन् । यसैगरी वाणगङ्गा-८ रुपन्देहीकी तारा थापामगर, धरान-११ की मिना गुरुङ, डोल्बुङ-६ इलामकी सन्त कुमारी राई, मधुमल्ला-३ मोरङकी नन्दकुमारी लिम्बु र मोरङ-४ डाँगेहाटकी लालमाया लिम्बु पनि काम छोडेर दुतावासको शरणमा पुगेका छन् । उनीहरुमध्ये अधिकाङ्शले आफूहरुलाई मालिकले यौन दुर्व्यवहार गरेको र काम गरेवाफतको ज्याला नदिएको गुनासो गरेका छन् काम छोडेर यूएईको आबुधाबीस्थित नेपाली दुतावासको शरणमा पुगेका नेपाली महिलाहरु ।
तस्विर सौजन्य : नेपाली दुतावास यूएई
- उमाकान्त पाण्डे गाउँले
स्रोत :अनलाइन खबर
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्