Wednesday, October 27, 2010

रक्षक नै भक्षक भए पछि अरुको के भरोसा

नेपालगन्ज, कार्तिक १० -  रक्षक नै भक्षक है पछि कसको के लाग्छा   जिल्ला प्रहरीका हवल्दार साकिर अलि बेहना सशस्त्र समूहसंग मिलेमतो गरेको जानकारी पाँच महिनाअघि पाएर पनि प्रहरी उपरीक्षक महेशविक्रम शाहले कारबाही नगरेको खुलासा भएको छ । बेहना दुज्ई विद्यार्थीहरुको अपहरण र हत्यामा पनि सहयोगी भएको पाइएपछि मात्र हिरासतमा राखिएको छ । उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघि बढाइएको छ ।

'बेहना सशस्त्र समूहसंग मिलेको सूचना पाएपछि भित्री रुपमा छानविन गरिरहेको थिएँ' उपरीक्षक शाहले भने, 'पुष्टि भएपछि मात्र पक्राउ गरेर मुद्दा चलाइएको हो ।' प्रहरी स्रोतका अनुसार, पाँच महिनाअघि सर्वसाधारणले लिखित रुपमै हवल्दार बेहनाले सशस्त्र समूहलाई सघाईरहेको उजुरी परेको थियो । उपरीक्षक शाहले गोप्य उजुरी पठाउने व्याक्तिहरुलाई बोलाएर सोधपुछसमेत गरेका थिए । तर, हवल्दार बेहनालाई दिइएको घुमुवा प्रहरीको जिम्मेवारीबाट भने हटाइएको थिएन् ।
बिद्यार्थीद्वय कपिल द्विवेदी र लिलाधर भट्टको अपहरण तथा हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले बुधवार हवल्दार साकिर अलि बेहना, कैलाशकुमार गडरिया र बर्षादी भन्ने नाजिर खाँलाई सार्वजनिक गरेको छ । तर, मुख्य अभियुक्त मेराज अहमद साईलाई मुखबिरका रुपमा काम लगाउने राष्ट्रिय अनुसन्धानका उपरीक्षकद्वय विकी अधिकारी र इश्वर प्रधानसंग भने सामान्य सोधपुछसमेत गरेको छैन । मेराज सशस्त्र समूहको नाइके हो भन्ने थाह हुँदा-हुँदै उपरिक्षकद्वयले आ–आफ्ना कार्यकालमा उनलाई निरन्तर जागिरमा राखेका थिए ।
त्यस्तै, फिरौती बुझाएको १० लाखमध्ये १० हजार र बालकको हत्यामा प्रयोग भएको खुकुरी र खाल्डो खन्न प्रयोग भएको कोदालो पनि बरामद भएको प्रहरीले जनाएको छ । विद्यार्थीहरुको अपहरण गर्न लगाउने योजनाकार इन्द्रपुरका रामसुरेश बर्मालाई भने प्रहरीले पक्राउ गर्न अहिलेसम्म सकेको छैन । हत्याका मुख्य अभियुक्त मेराजका सहयोगीहरु इन्द्रपुरका रामसोवित बर्मा, रजवअलि ट्ठाई, इब्राहिम मनिहार र राजितराम बर्मालाई यसअघि नै पक्राउ गरिसकेको छ । जय बागेश्वरी उच्च मा बि नेपालगञ्जमा कक्षा ९ र १० मा अध्ययनरत लिलाधर भट्ट र कपिल द्विवेद्धीको गत असोजमा अपहरण पछि हत्या भएको थियो । 
साभार : कान्तिपुर 

 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्