मंसिर १४ , काठमाडौं, आज एसियाली राजनीतिक दलहरुको संगठन (आइक्याप) को १४ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री माधबकुमार नेपालसहितका नेताहरु कम्बोडिया जाने भएका छन् । टोलीमा एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, सचिब पोष्ट बहादुर बोगटी र केन्द्रीय सल्लाहाकार हुकुमबहादुर बोगटी हुनुहुन्छ । उहाँहरु अपरान्ह १२ : ३० को उडानबाट दुबई यएरपोर्ट हुँदै कम्बोडिया पुग्ने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन नेकपा एमालेका नेता केपी शर्मा ओली भने हिजै कम्बोडिया गइसक्नु भएको छ । झण्डै ४० भन्दा बढी मुलुकका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुने सम्मेलन १५ देखि १८ गतेसम्म चल्ने छ । प्रधानमन्त्री नेपाल आइक्यापको स्थायी समिति सदस्यसमेत हुनुहुन्छ । सम्मेलन सकिएलगत्तै अतिकम विकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा भाग लिन प्रधानमन्त्री नेपाल बेल्जियम पनि जाने कार्यक्रम छ । अतिकम विकसित राष्ट्रहरुको अध्यक्ष नेपाल भएकोले त्यसको प्रतिनिधित्व प्रधानमन्त्रीले नै गर्नुपर्ने भएको हो । बेल्जियमबाट प्रधानमन्त्री नेपाल २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल भने श्रमिक पार्टीहरुको सम्मेलनमा भाग लिन बुधबार दक्षिण अफ़्रीका जाने कार्यक्रम तय भएको छ । कम्युनिष्ट पार्टीको नेताका हैसियतमा दक्षिण अफि्रकामा हुने सम्मेलनमा भाग लिन जान लाग्नु भएका अध्यक्ष खनाल पाँच दिन पछि स्वदेश फर्कनु हुनेछ । प्रमुख सत्तारुढ दलका नेताहरु नै विदेश यात्रामा निस्कने भएपछि संसद अधिवेशन, प्रधानमन्त्री निर्बाचनलगायतका विषय अन्यौलमा परेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्