Sunday, November 28, 2010

नेपाल सम्बन्धी अमेरिकी दुताबासले संकलन गरेको सूचना बहिरा आउदै

मंसिर १३ काठमाडौँ,  विकिलिक्स भन्ने एक अमेरिकी अनलाइन पत्रिकाले अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेर हंगामा मच्चाइरहेको बेला सो  विकिलिक्स भन्ने साइतले  नेपालसम्बन्धी अमेरिकी दूतावासका हजारौँ गोप्य कागजातहरु पनि सार्वजनिक गर्ने भएको छ।
आइतबार सार्वजनिक गरिएको कागजातमा नेपालसँग सम्बन्धित कुनै पनि कागजात नपरे पनि उसको वेबसाइटमा नेपालसम्बन्धी २ हजार ६ सय कागजात रहेको उल्लेख छ। यी कागजातलाई सो वेबसाइटले 'आगामी केही महिनाभित्र सार्वजनिक गर्ने' बताएको छ। विकिलिक्सका अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले पठाएका २ हजार २ सय ७८ मेमोहरु मध्ये ८४ लाई अति गोप्यको दर्जा दिइएको छ, १ हजार २ सय ९९ मेमो गोप्य हुन् भने ७९५ लाई चाहिँ कुनै वर्गीकरण गरिएको छैन। यी कागजातले अमेरिकी सरकारको वैदेशिक गतिविधि र जासुसी बारे छर्लङ पार्ने बताइएको छ। हुन त यो काम अमेरिकाको पहिलो त होइना तर पनि उसको बैदेसिक हस्ताक्षेपको निति यस पछि जहाँ प्रस्ट हुने छं 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्