Sunday, November 28, 2010

बिशबाट हुलाकिको मृत्यु

मंसिर १३, भोजपुर,  भोजपुर जिल्लाको भूल्के गाविसमा मुसाको औषधि खाएर एक जना हुलाकीको मृत्यु भएको छ । भूल्के गाविस-८ स्थित ४५ बर्षीय भक्तबहादुर भुजेलको आइतबार राति मृत्यु भएको हो ।    
बिष खाएको थाहा पाएपछि छिमेकी आफन्तजनले भोजपुर जिल्ला अस्पताल ल्याउँदा आइतबार साँझ बाटैमा मृत्यु भएको हो । उनले रक्सी सेवन गरेर आवेशमा आई मुसाको औषधि खाएको प्रत्यक्षदर्शीले बताए । भूजेलको मृत्यु भएपछि पाँच जना छोराछोरी टुहुरा भएका छन् । उनको श्रीमतिले समेत केही बर्षअघि मुसाको औषधि खाएर मृत्यु भएको छिमेकी राजीव भटराईले बताए ।
उनीद्वारा आश्रति भूजेलका तीन छोरी र दुई छोरा भूल्केस्थित स्थानीय पञ्चकन्या उच्च माविमा अध्यायनरत छन् । स्थानीय अतिरिक्त हुलाकमा कार्यरत भूजेल हुलाकको डाँक बोक्ने काम गर्दै आएका कर्मचारी हुन् । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्