Thursday, November 25, 2010

राष्ट्रपतिले राजनीतिक भेटघाटलाइ तीब्र बनाए

 मंसिर १० काठमाडौं,  राष्ट्रपति डा. रामबरण यादवले पछिल्लो राजनीतिक अवस्थाबारे नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग शुक्रबार विहान परामर्श गर्नुभएको छ । राष्ट्रपति यादवले शीतल निबासमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग छुट्टा छुट्टै परामर्श गर्नुभएको हो । राष्ट्रपति यादवले संसदको अधिवेशन अन्त्य र अध्यादेशमार्फत् ल्याइएको बजेट पारितलगायत समसामयीक विषयमा कोइराला र खनालसँग छलफल गर्नु  बताइएको छ ।
अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीको निर्बाचन प्रक्रिया के हुने भन्नेमा दलहरुबीच मत बाझिएको बेला राष्ट्रपति यादवले सो विषयमा चासो व्यक्त गर्नुभएको स्रोतले जनाएको छ । उहाँले प्रधानमन्त्रीको निर्बाचन अब के हुन्छ भनेर जिज्ञासा राख्नु भएको थियो । कोइराला र खनालले पार्टी भित्र सल्लाह गरी राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताएको स्रोतले जनाएको छ । राष्ट्रपति यादवले सबै समस्याको समाधान सहमतिमा खोज्न आग्रह गर्नुभएको थियो ।
अधिवेशनसँगै काङ्ग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री उम्मेदवारी स्वतः समाप्त हुने या कायम रहने भन्नेमा दलहरुबीच विवाद छ । यस विषयमा काङ्ग्रेस र एमालेले कानुनवीदहरुसँग पनि छुट्टा छुट्टै परामर्श गरेका छन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्