Wednesday, November 24, 2010

भारतको एक गाउमा अविवाहित महिलालाई मोबाइल फोन चलाउन प्रतिबन्ध

९ मङ्सिर, नयाँदिल्ली,  उत्तरी भारतको एक परिषद्ले अविवाहित महिलालाई मोबाइल फोन प्रयोगमा प्रतिबन्द लगाउने निर्णय गरेको छ । अविवाहित युवायुवतीले अत्यधिक मात्रामा मोबाइल फोनको प्रयोग गरी नमिल्दो जातमा विवाह गरेको र सञ्चारका रूपमा यो साधनको दुरुपयोग गरेको भन्दै त्यहाँ यस्तो फोनको प्रयोगमा विशेषगरी अविवाहित महिलालाई प्रतिबन्द लगाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।
भारतको उत्तर प्रदेशस्थित बालियान काउन्सिलले करिब २३ जना यस्ता नवदम्पतीले उनीहरूका आमाबुबाको इच्छाबीपरीत नै भागेर गतवर्ष विवाह गरेको कारण देखाउँदै यस्तो फोन प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । समाचारमा भनिएको छ सोही मोबाइल फोनबाटै ती दम्पतीले पोइल जाने योजना बनाएका थिए र त्यसै कारण युवायुवतीलाई यस्तो कार्यबाट रोक्नका लागि यसको प्रयोगमा नै प्रतिबन्द्व लगाउने निर्णय गरिएको हो ।
सो गाउँको पञ्चायतले यस्तो निर्णय गरेपछि गाउँका एक पाका नागरिक जातिन रघुबंशीले कलकत्ता टेलिग्राफलाई यस विषयमा जानकारी गराएका थिए । भारतका कतिपय गाउँका अहिले पनि अन्तरजातीय विवाहलाई प्रतिबन्धित नै गरिएको छ । परिवारको इज्जत धान्नका लागि भन्दै कतिपय यसरी अन्तरजातीय रूपमा माया प्रेममा प्रेमीहरूको आत्महत्या नै हुने गरेको छ । सो गाउँले सभाका एकजना प्रवक्ता सतिश त्यागीले भने यस्तो मोबाइल फोनको प्रयोगबाट आफ्ना छोरीलाई पूर्णतः टाढा राख्ने प्रतिबद्धता आमाबुबाले गरेका छन् । तर सो गाउँमा केटा मान्छेले भने मोबाइल फोन प्रयोग गर्न पाउँछ ।
 स्रोत : अनलाइन  खबर 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्