Wednesday, November 24, 2010

मनीषा कोइराला सम्बन्ध बिच्छेद गर्ने सोचमा

मंसिर ९, एजेंसी , पाँच महिनाअघि नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री मनीषा कोइराला सम्बन्धविच्छेद गर्ने सोचमा पुगेकी छन् ?  भारतीय सञ्चारमाध्यमले  आज भोली मनीषाको चर्चा गरेका छन .   पति सम्राट दाहालसँग भएको खटपटका कारण उनी 'डिभोर्स' गर्ने मनस्थितिमा पुगेको तिनको दाबी छ ।
सिलिगुडीबाट प्रकाशित नेपाली दैनिक 'हिमालय दर्पण' ले मंगलबारको अंकमा 'मनीषा कोइराला पारपाचुके चाहन्छिन्' शीर्षक दिएर मुख्यपृष्ठमा समाचार छापेको छ । मुम्बईस्थित समाचार एजेन्सीहरूको हवाला दिँदै उसले लेखेको छ, 'हालै बेहुली बनेकी बलिउड अभिनेत्री मनीषा कोइराला आफ्नो वैवाहिक जीवनबाट खुसी नभएको संकेत पाइएको छ । उनले किन सम्बन्ध बिच्छेद गर्दै छीन भनेर केही भनिएको छैन .  
मनीषाले हालै सामाजिक सञ्जाल फेसबुकमा सम्बन्धविच्छेदबारे खुलेर लेखेको उक्त अखबारले दाबी गरेको छ । अखबारका अनुसार, मनीषाले आफ्नो वालमा लेखेकी छन्, 'म अब सम्बन्धविच्छेद गर्ने सोचमा छु ।
 स्रोत :एजेंसी 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्