मंसिर १५, काठमाडौं, आज विश्व एड्स दिवस नेपालमा पनि विविध कार्यक्रम गरी उक्त दिबस मनाइँदैछ । ‘विश्वव्यापी पहुँच तथा मानवअधिकार,’ भन्ने नाराका साथ विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले र्याली, गोष्ठि, अन्तक्रिर्यालगायत जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा एचआइभी संक्रमितको अधिकार सुनिश्चित गर्ने उद्देश्यले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारिकमा एड्स दिवस मनाउन सुरु गरिएको हो ।
असुरक्षित यौनसम्पर्क, एचआईभी संक्रमित आमाबुवाबाट जन्मिने बच्चा र संक्रमित सुई साटासाट गर्दा एड्स रोग लाग्ने सम्भावना बढी हुन्छ । चिकित्सकहरुले विश्वासिलो एकजना सँगमात्र यौनसम्पर्क गर्न र यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्न सल्लाह दिएका छन् ।
नेपालमा प्रत्येक दिन १३ जना नयाँ एचआईभी संक्रमित थपिने गरेको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले जनाएको छ । युएन् एड्सको तथ्याङ्कअनुसार विश्वभर ३ करोड ३३ लाख मानिस एड्स संक्रमित छन् भने नेपालमा १६००० जनालाई एड्स रोग लागेको छं तिमध्ये विश्वभर २५ लाख बालबालिकाहरु छन् । नेपालमा प्रत्यक बर्ष ७ हजार ४ सय जनाको एड्स रोग बाट म्रत्यु हुने गरेको तथ्य सरकारी तथा गैर सरकारी सस्थाहरूले जनाएका छन
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्