Tuesday, November 30, 2010

लिम्बुवानको बन्दले पुर्बका नौ जिल्ला ठप्प

मंसिर १५, आज पुर्बमाँ  स्वायत्त राज्यको माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले  गरेको बन्दका कारण  अरुण पूर्वका नौ जिल्लामा प्रभाब परेको छ । संविधानमा आफ्ना अधिकार सुनिश्चित हुनु पर्ने माग राख्दै आन्दोलनरत उक्त पार्टिले संविधान निर्माण हुन नसक्ने भन्दै स्वायत्त राज्यको घोषणा गर्दै आएको परिषदका केन्द्रीय सदस्य चन्द्रसिं लिम्बुले जानकारी दिए ।
बन्दका कारण कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् भने बजार, पसल र शिक्षण संस्थामा बन्दका असर सामान्य परेको छ । बन्दका कारण अरुण पूर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाचथर,  इलाम, झापा, मोरङ् र सुनसरी जिल्ला प्रभावित रहेको स्थानीय प्रशासनले जनाएको छ । परिषदले माग पुरा नहुन्जेल प्रत्येक महिनाको १५ गते बन्द गर्ने अगि्रम घोषणा गरेको जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्